कला

चलचित्र विकास बोर्डमा वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम बिदाई (तस्बिरसहित)

काठमाडौँ। नेपाली चलचित्र जगतका वरिष्ठ तथा लोकप्रिय अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ ।
वरिष्ठ अभिनेता सुनिल थापाको हृदयघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनलाई बेहोस अवस्थामा अस्पताल भर्ना गरिएको र बिहान साढे ७ बजे ईसीजी रिपोर्टबाट मृत्यु पुष्टि भएको थियो ।

थापा लामो समयदेखि शंखमूलस्थित आफ्नो अपार्टमेन्टमा बस्दै आएका थिए । नेपाली सिनेमामा ‘राते काइँला’ को नामले चर्चित थापाले चार दशकभन्दा बढी समयसम्म नेपाली, भारतीय र भोजपुरी चलचित्रमा अभिनय गरेका थिए । उनले ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् ।

प्रियंका चोपडाको ‘मैरी कोम’ मा उनको प्रशिक्षकको भुमिका तथा ‘द फेमिली म्यान’ जस्ता चर्चित सिरीजमा पनि अभिनय गरेका थिए । नेपाली सिनेमामा खलनायकको भुमिकालाई नयाँ उचाई दिने अभिनेतामा थापा पनि पर्दछन् । उनलाई फिल्मकर्मीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरू बोर्ड पुगेर श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...