विद्यालय केन्द्रित एचपीभी खोपबाट लाभ लिनुहोस्ः सुनिता डंगोल
काठमाडौँ। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिनुभएको छ ।
मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उहाँले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराउनुभएको हो ।
सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप निःशुल्क रुपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो । उहाँले सो खोप अभियान काठमाडौ महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, ‘अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौँ। या भनौ–पहिलो चाहीँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले निशुल्क यो भ्याक्सिनेशन प्रोग्राम स्कुलस्कुलमा भईरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस भन्ने पनि चाहन्छौँ । र यो कार्यक्रम महानगरभरीको सबै स्कुलहरुमा लागू भईरहेको छ । त्यहाा पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रुपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।’
सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो । सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।— न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बोक्सी आरोपमा दुर्व्यवहार गर्ने आमा छोरी पक्राउ
कपिलबस्तु। जिल्लाको बाणगंगा नगरपालिका–१ उप्टाहामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् ।...
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




