भारतीय क्रिकेटर अभिषेक शर्मा पेटको संक्रमण, टी २० विश्वकप खेल्ने सम्भावना कम
काठमाडौँ। भारतीय राष्ट्रिय क्रिकेट टोलीका ओपनर अभिषेक शर्मा पेटको संक्रमणका कारण दिल्लीको एक अस्पतालमा भर्ना भएका छन्। यसले गर्दा बिहीबार दिल्लीमा आइसिसी टी २० विश्वकप २०२८ अन्तर्गत नामिबियाविरुद्ध हुने खेलमा उनी खेल्ने कुरा शंकास्पद बनेको छ। पीटीआईका अनुसार अभिषेक विगत दुई दिनदेखि अस्पतालमा छन्।
बीसीसीआई स्रोतले पीटीआईलाई दिएको जानकारी अनुसार अभिषेकलाई पेटमा समस्या देखिएपछि दिल्लीको एक निजी अस्पतालमा भर्ना गरिएको हो। उनको केही स्वास्थ्य परीक्षणहरू भइरहेका छन्। उनलाई आजै अस्पतालबाट डिस्चार्ज गरिने वा नगरिने अझै पक्का भइसकेको छैन, त्यसैले नामिबियाविरुद्धको खेलमा उनी सहभागी हुने सम्भावना कम देखिएको छ।
अमेरिकाविरुद्धको पहिलो खेलमा अभिषेक शून्य रनमै आउट भएका थिए। मुम्बईमा भएको उक्त खेलको दोस्रो इनिङ्समा उनले फिल्डिङ पनि गरेका थिएनन्।
यदि अभिषेकले खेल्न नसकेमा उनको ठाउँमा सन्जु सामसनले ओपनिङ गर्न सक्नेछन्। न्युजिल्यान्डविरुद्धको सिरिजमा खराब प्रदर्शन गरेपछि सामसनको ठाउँमा इशान किशनलाई टोलीमा प्राथमिकता दिइएको थियो।
ीबहmष् दबलप
मुख्य बलर जस्प्रित बुमराह नामिबियाविरुद्धको खेलमा फर्कने भएका छन्। बिरामी भएका कारण उनले अमेरिकाविरुद्धको पहिलो खेल गुमाएका थिए। मंगलबार दिल्लीमा भएको अभ्यास सत्रमा उनले बलिङ गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...




