एमाले दुवोजस्तो पार्टी भएकाले कहिल्यै नासिदैन : ओली
दमक । झापाको गौरादहका बासिन्दाले नेकपा (एमाले) दुवोजस्तो पार्टी भएकाले कहिल्यै ननासिने बताएका छन् । झापा क्षेत्र नं ५ अन्तर्गत पर्ने गौरादहका मतदाताहरुसँग भेट गर्न पुग्नु भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदाताहरुले एमाले दुवोजस्तै ननासिने र नमासिने पार्टी भएकाले कहिल्यै पनि कसैको डाहले कमजोर नहुने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओली चारआली चोकमा पुग्दा एमालेको जराको रुपमा आम मतदाता रहेकाले ढुक्क हुन ओलीलाई गौरादहबासीले आग्रह गरेका छन् । झापा क्षेत्र नं ५ का लागि आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेद्वार रहनुभएका ओली बुधबार गौरादहका विभिन्न टोलमा केन्द्रित हुनुभएको छ ।
बुधबार डिट्ठाचोक, हाँसखोरा, मादलडाँडा, ग्वालडु्व्वा, पुरानो ग्वालडुव्वा, बैराती, जामबाडी, ठकठके, जुरोपानीलगायतका बासिन्दालाई अध्यक्ष ओलीले भेट गर्ने कार्यक्रम थियो । चार दिनदेखि अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्रका बस्तिमा पुगि रहनुभएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...




