महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने
काठमाडौं। महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्नका लागि चार मार्गबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ।
बिहीबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ। दर्शनार्थीको सुविधाका लागि चार स्थानबाट दर्शन गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ।
शिवरात्रिका दिन मैतीदेवी, बत्तिसपुतली, पुरानो बानेश्वरतर्फ आउने दर्शनार्थीलाई गौशाला पिंगलास्थान गेट हुँदै आउने व्यवस्था गरिएको छ।
त्यस्तै, भक्तपुर, ललितपुर, कोटेश्वर र तिनकुनेबाट आउने दर्शनार्थीलाई राम मन्दिर–आर्यघाट हुँदै पशुपति जाने व्यवस्था गरिएको छ।
जोरपाटी, कपन, चाबहिल हुँदै आउने दर्शनार्थीले गौरिघाटतर्फबाट प्रवेश पाउनेछन्। यस्तै, रातोपुल र कालोपुलतर्फबाट आउने दर्शनार्थीका लागि जयबागेश्वरी मन्दिरतर्फबाट पशुपति प्रवेश गर्ने व्यवस्था गरिएको कोषले जनाएको छ।
यस वर्ष फागुन ३ गते महाशिवरात्रि परेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु
गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना
काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...




