Breaking News

नेपालले इटलीलाई दियो १ सय २४ रनको लक्ष्य

काठमाडौं : टी–२० विश्वकप क्रिकेटमा नेपालले इटलीलाई जितका लागि १ सय २४ रनको चुनौती दिएको छ।

मुम्बइको वानखेडे स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल ३ बल बाँकी छँदै १ सय २३ रनमा अलआउट भएको हो।

नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २० रन बनाउँदा दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए। नन्दन यादव र ललित राजवंशी शून्यमा आउट हुँदा करण केसी १८ रनमा अविजित रहे।

दोहोरो स्कोरमा रन बनाउन नसकेका खेलाडीहरु लोकेश बम र गुल्सन झा समान ३ रनमा पेभेलियन फर्किँदा कुशल भुर्तेल र सन्दीप लामिछाने समान ५ रनमा आउट भए।

केहीबेरमा इटलीले जवाफी ब्याटिङ सुरु गर्नेछ। नेपालले टी–२० आईमा पहिलो पटक इटलीको सामना गरिरहेको हो। तर, ५० ओभरको खेलमा भने नेपाल र इटली ३ पटक आमनेसामने भइसकेका छन्।

इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...