Breaking News

टी २० विश्वकप : भारत र श्रीलङ्काको सहज जित

काठमाडौं। टी- २० विश्वकपका दुई आयोजक देश भारत र श्रीलङ्काले बिहीबार आ-आफ्नो समूहको खेलमा सजिलो जित निकालेका छन्।

यससँगै दुवै देशको सुपर एटको यात्रा सहज बनेको छ। नयाँ दिल्लीमा भएको समूह ‘ए’ को खेलमा भारतले नामिबियालाई ९३ रनको ठूलो अन्तरले हरायो। जितका लागि २ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले १८दशलमः २ ओभरमा अलआउट हुनुपूर्व १ सय १६ रन मात्र बनाउन सक्यो।

भारतको लगातार दोस्रो जित हो। टोलीको ४ अंक बनाएर शीर्षमा उक्लेको छ। पाकिस्तान पनि समान ४ अंकमै छ। भारतको कसिलो बलिङसामु नामिबियाका कोही पनि ब्याटरले खुलेर रन बनाउन सकेनन्।

ओपनर लाउरेन स्टिनक्याम्पले २९ र ज्याक फ्राइलिनकले २२ रन बनाए। भारतका वरुण चक्रवर्तीले ७ रनमा ३ तथा अक्षर पटेलले २० रनमा २ विकेट आफ्नो नाममा लेखाए। हार्दिक पाण्ड्येले पनि २१ रनमा २ विकेट लिए।

त्यसअघि ओपनर इशान किसन र हार्दिक पाण्ड्येको अर्धशतक प्रेरित भारतले चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। नामिबियाले टस जितेर पहिले ब्याटिङ निम्तो दिएपछि भारतले ९ विकेट गुमाएर २ सय ९ रन बनाएको हो। इशानले २४ बलमा ६१ रन बनाउन ६ चौका र ५ छक्का प्रहार गरे।

सन्जु सामसनले २२ र तिलक बर्माले २५ रन बनाए। अन्त्यतिर हार्दिकले २८ बलमा ५२ रन बनाए। शिवम दुबेको १६ बलमा २३ रन जोडे। नामिबियाली बलरमध्ये जेरार्ड इरासमसले २० रनमा ४ विकेट लिए।

श्रीलङ्काले समूह ‘बी’ को खेलमा ओमानलाई १ सय ५ रन अन्तरले हराएको थियो। पालेकेलेमा जितका लागि २ सय २६ को लक्ष्य पछ्याएको ओमानले ९ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो। यो जितपछि ४ अंक लिएर श्रीलङ्का शीर्षमा उक्लेको छ। टोलीको सुपर एट प्रवेशको सम्भावना बलियो भएको छ। ओमानका मोहम्मद नदिमले अविजित ५३ रन बनाए।

यसअघि ओमानले टस जितेर ब्याटिङको निम्तो दिएपछि श्रीलङ्काले ५ विकेट गुमाई २ सय २६ रनको लक्ष्य तयार पारेको हो। श्रीलङ्काली इनिङ्स सम्हाल्ने काम कुशल मेन्डिस र पवन रत्नयकेले गरे। उनीहरूले तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे। रत्नयकेले ६० रन बनाए।

उनले २८ बलमा ८ चौका र १ छक्का प्रहार गरे। मेन्डिसले ४५ बलमा ६१ रन जोडे। रनआउट हुनु अगाडि उनले ७ चौका प्रहार गरे। त्यसपछि कप्तान दसन सनकाले २० बलमै ५० रन बनाए। उनको ब्याटबाट २ चौका र ५ छक्का निस्केको थियो।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद

काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...