समाचार

खोटाङमा आफैलाई छुरा प्रहार गरेर पुरुष गम्भीर घाइते

खोटाङ । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो ।

दिक्तेलमा उपचार सम्भव नभएपछि शुक्रबार दिउँसो १२ बजे हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । पेटबाट आन्द्रा नै बाहिर निस्किएको, अत्यधिक रगत बगेको कारण काठमाडौं रेफर गरिएको जिल्ला अस्पताल दिक्तेलको प्रमुख डा. अमिताब ठाकुरले बताउनुभयो ।

सम्बन्धित समाचार

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु

गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना

काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो

काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...