कांग्रेस-कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याएको जसपा नेपालको निष्कर्ष
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले कांग्रेस र कम्युनिस्टको चरित्र नेपालमा राजनीतिक अस्थिरता निम्त्याउने भएको औंल्याएको छ।
प्रतिनिधि सभाको निर्वाचनका लागि शुक्रबार जसपा नेपालले जारी गरेको घोषणापत्रमा नेपालका पुराना राजनीतिक शक्तिहरू परिवर्तनका एजेन्डाबाट टाढिँदै गएको दाबी गरिएको छ। घोषणापत्रमा भनिएको छ, ‘शताब्दिऔँदेखिको एकात्मक राज्य शासन व्यवस्थाको संघीय स्वरूपमा पुनर्संरचना भएसँगै नेपालको मौजुदा राजनीतिक शक्तिहरू परम्परागत शक्तिमा रूपान्तरित भए। ती आफ्नै एजेन्डामा टिक्न सकेनन् र परिवर्तनका एजेन्डाहरूबाट टाढिँदै गएका छन्।’
त्यस्तै, कम्युनिस्ट र कांग्रेस शत्ता र शक्तिका लागि देशमा राजनीतिक अस्थिरता निम्त्याउने गरेको पनि टिप्पणी गरिएको छ। ‘दस्तावेजमा साम्यवादी लक्ष्य बोकेका कम्युनिस्ट नामका विभिन्न घटकहरू तथा नवउदारवादी पूँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने नेपाली कांग्रेसको राजनीतिक चरित्र भनेको सत्ता प्राप्ति गर्ने, सत्ताको बलमा शक्ति आर्जन गर्ने, शक्तिले साधन स्रोतमाथि आफ्नो आधिपत्य जमाउने र त्यो आधिपत्यका लागि राजनीतिक अस्थिरता निम्त्याउनु रहन गयो।’
जसले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि जनताको भावनालाई सम्बोधन गर्न नसकेको जसपा नेपालको आरोप छ। उनीहरू संघीय गणतान्त्रिक संविधानलाई सर्वस्वीकार्य बनाउन पहल नगरेको जनाइएको छ।
जसपा नेपालको घोषणापत्रमा भनिएको छ, ‘यो मुलुकमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका एजेन्डामा तिनले आफैँले गरेका सहमति र समझदारी तथा सम्झौताप्रतिको प्रतिबद्धताका बाबजुद पनि अपूर्ण संविधानलाई पूर्णता दिएर सर्वस्वीकार्य बनाउने दिशामा कुनै पहल गरेनन्।’
त्यसैले अब सबैको सम्मान र राष्ट्रिय पहिचानका साथै समानुपातिक प्रतिनिधित्त्व, समावेशी लोकतन्त्रको साथै जनताका समानता, विकास, समृद्धि र प्रगतिका आकाङ्क्षालाई सम्बोधन गर्न जसपा नेपालले अघि सरेको दाबी गरिएको छ। घोषणापत्रमा भनिएको छ, ‘नेपाली समाजको बहुलता र विभेदबाट मुक्तिको दृष्टिकोण अँगाल्ने यस पार्टीले नेपाली समाजको अर्थ–राजनीतिक रूपान्तरणको आवश्यकतालाई सम्बोधन गर्नेछ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु
गोरखा। मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार...
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेलाई कारबाही...
जेनजी आन्दोलनका घाइते २ हजार ६३८ जना
काठमाडौँ। गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङख्या...
यी हुन् श्रम संस्कृति पार्टीका समानुपातिक सांसद
काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदकाे नाम टुंग्याएको छ । साे पार्टीले समानुपातिक तर्फ ४ जनाकाे नाम सिफारिस गरेको...




