वीर अस्पतालले गर्यो बिमामार्फतको सेवा कटौती
काठमाडौँ। वीर अस्पतालले स्वास्थ्य बिमामार्फतको सेवालाई व्यापक कटौती गरेको छ।
विशेषगरी यसअघि वीर अस्पतालबाट बिमामार्फतको सेवा लिने विरामीलाई चिकित्सकले सिफारिस गर्ने औषधि तीन महिनाका लागि दिइने औषधि अबदेखि एक महिनाका लागि मात्रै दिने अस्पतालले जनाएको छ।
यस विषयमा अस्पतालले निकालेको सूचनामा भनिएको छ‚ ‘ यसअघि बिमाबाट दिइने औषधि तीन महिनाका लागि उपलब्ध गराइरहेकोमा विशेष कारणवश त्यस्ता औषधि मिति २०८२ फागुन १ गतेदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्र बिमित सदस्यहरूलाई उपलब्ध गराइनेछ।’
अस्पतालका अनुसार बिमामार्फतको दावी भुक्तानी अस्पतालले लामो समयदेखि पाएको छैन। जसले गर्दा अहिले वीर अस्पतालले ४० करोड जति रकम बिमामार्फतको सेवा दिएबापत बिमा बोर्डबाट लिनु पर्ने छ।
वीर अस्पताल बिमामार्फतको विशिष्टीकृत सेवा दिने सबैभन्दा ठूलो सरकारी अस्पताल हो।
यता बिमा बोर्डले भने केही समयअघि बिमामार्फतको सेवामा भएको अनियमितालाई हटाउन र आर्थिक संकटलाई नियन्त्रण गर्न भन्दै ओपिडी सेवामा २५ हजारभन्दा बढी सेवा लिने लगायतका निर्णय गरेको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
माटोको ढिस्को खस्दा महिलाको मृत्यु, तीन जना घाइते
काठमाडौँ। रोल्पामा माटो खन्ने क्रममा ढिस्को खस्दा पुरिएर एक महिलाको ज्यान गएको छ। तीन जना घाइते भएका छन्। रुन्टीगढी...
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । विश्वमा...
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
काठमाडौँ। अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई नेपालको समग्र विकासको महत्वपूर्ण साझेदारका रूपमा सरकारले स्वीकार गरेको...
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भएपनि दृढ संकल्पको...




