मडागास्करमा चक्रवातका कारण ३८ जनाको ज्यान गयो
काठमाडौँ । मडागास्करको दोस्रो ठुलो शहर तोआमासिनामा गेजानी चक्रवातको कहरपछि ३८ जनाको मृत्यु भएको छ । अरु १२ हजारभन्दा बढी मानिस विस्थापित भएको बताइएको छ ।
अझै पनि ६ जना हराइरहेको अनि कम्तीमा ३७४ जना घाइते भएको मडागास्करको राष्ट्रिय जोखिम र विपद् व्यवस्थापन कार्यालय (बीएनजीआरसी)ले बिहीबार जानकारी दिएको छ ।
चक्रवातले मंगलबार मडागास्करको पूर्वी तटीय शहरमा पहिरो खसाएको थियो । देशका नयाँ राष्ट्रपति कर्नल माइकल रान्द्रियनिरिनाले राष्ट्रिय विपद् घोषणा गर्दै अन्तर्राष्ट्रिय एकताको माग गरेका छन् । उनका अनुसार चक्रवातले तोआमासिना र वरिपरिका क्षेत्रको करिब ७५ प्रतिशत क्षेत्रमा क्षति पुर्याएको छ ।
समाचार एजेन्सी एएफपीका तस्बिरहरूले ५ लाख जनसंख्या भएको शहरमा हुरीले मच्चाएको विध्वंस देखाएका थिए ।बासिन्दाहरूले फोहोरको थुप्रोबाट अस्थायी घर मर्मत गर्न काठ, धातु खोजिरहेको देखिएको थियो ।
बीएनजीआरसीका अनुसार १८ हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् भने कम्तीमा ५० हजार घर क्षतिग्रस्त वा बाढीले प्रभावित भएका छन् । कमजोर संरचना र भवन भत्किँदा अधिकांश मृत्यु भएको बताइएको छ । प्रमुख सडक मार्गहरू अवरुद्ध भएकोले मानवीय सहायता पुर्याउन समस्या आएको छ ।
तोआमासिनाको वरिपरि अट्सिनानाना क्षेत्र पनि ठुलो क्षतिमा भएको छ । फ्रान्सले आफ्नो रियूनियन टापुबाट खाद्य तथा उद्धार टोली पठाउने घोषणा गरेको छ । संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय आप्रवासन संस्थाले पनि चक्रवातका कारण व्यापक विनाश भएको भनेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...
अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध
इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...




