अन्तर्राष्ट्रिय

मङ्गोलियामा अत्यधिक चिसोका कारण २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा ‘जुद’/मशगम भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामा २६ हजार ३ सय भन्दा बढी चौपायाको मृत्यु भएको छ । देशको राष्ट्रिय तथ्याङ्क कार्यालयले दिएको जानकारीअनुसार पश्चिमी प्रान्तहरू उभ्स, बयन–उल्गी र जाभखानका साथै मध्य प्रान्त उभुरखाङ्गाईमा यी चौपायाहरूको मृत्यु भएको हो ।

एनएसओले जारी गरेको विज्ञप्तिअनुसार मङ्गोलियाका कुल २१ प्रान्तहरूमध्ये कम्तीमा ११ वटा प्रान्तले हाल ‘जुद’ को सामना गरिरहेका छन् । मङ्गोलियाली भाषामा ‘जुद’ शब्दले यस्तो भीषण हिउँदलाई बुझाउँछ । जसमा जमिन जम्ने वा बाक्लो हिउँले ढाकिने हुनाले घाँसको अभाव भई ठूलो संख्यामा चौपायाहरूको मृत्यु हुने गर्दछ ।

पशुपालन मङ्गोलियाको अर्थतन्त्रको प्रमुख आधारस्तम्भ मध्ये एक हो । यहाँको करिव ४० प्रतिशत फिरन्ते जनसंख्या प्रत्यक्ष रूपमा पशुपालनमा नै निर्भर छ । यद्यपि हरेक वर्ष खेप्नुपर्ने कठोर र लामो हिउँदका कारण मङ्गोलियाका अधिकांश फिरन्ते गोठालाहरूले ठूलो संख्यामा आफ्ना चौपायाहरू गुमाउने गरेका छन् । एनएसओको तथ्याङ्क अनुसार सन् २०२५ को अन्त्यसम्ममा मङ्गोलियामा ५ करोड ८१ लाख ९५८।१ मिलियन० चौपाया रहेका थिए ।

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु

काबुल । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले शुक्रबार बिहान पाकिस्तानमाथि राजधानी काबुल र दक्षिणी प्रान्त कान्दाहारमा रातभर गरिएको हवाई आक्रमणमा...

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत...