मुख्य समाचार

चोरीका स्कुटरसहित दुई पक्राउ

काठमाडौं। प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँस्थित कीर्तिपुर नगरपालिका–१० स्थित गुरुङ टोलबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालिका–८ गैलनदीका २४ वर्षीय सन्तोष विष्ट, २२ वर्षीय धर्मेन्द्र खडायत, उदयपुर घर भई काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी कपन बस्ने १८ वर्षीय रविन परियार तथा २८ वर्षीय निर्मल परियार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, ‘प्रहरी प्रभाग ट्याङलाफाँटबाट खटिएको प्रहरी टोलीले सन्तोष विष्ट, धर्मेन्द्र खडायतलाई बाग्मती प्रदेश ०२–०१८प ७९३६ नम्बरको एनटिओआरओ १२५ सिसी स्कुटर तथा प्रहरी बृत्त थिमी भक्तपुर क्षेत्रबाट चोरी भएको बा.६४प ३७५५ नम्बरको १२५ सिसीको डियो स्कुटरसहित रविन परियार र निर्मल परियारलाई पक्राउ गरिएको हो।’

सम्बन्धित समाचार

बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

काठमाडौं। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ। महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

संसद् विघटनविरुद्धको रिटलाई चुनावपछिको तारिख

संसद् विघटनविरुद्धको रिटलाई चुनावपछिको तारिख

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ । संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर...

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...