संसद् विघटनविरुद्धको रिटलाई चुनावपछिको तारिख
काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिटलाई चुनावपछिको तारिख दिएको छ ।
संसद् विघटनविरुद्ध गएको मंसिरमै रिटहरू दायर गरिएको थियो । योबीचको अवधिमा प्रारम्भिक सुनुवाइ मात्र भएको छ । थप सुनुवाइ अघि बढाइएको छैन ।
प्रतिनिधिसभा विघटन र वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि असंवैधानिक रूपमा पदमा नियुक्त भएको भन्दै राष्ट्रपतिबाट गरिएको निर्णय बदर गर्न रिटमा मागदाबी लिइएको छ । तर, रिटमा सुनुवाइका निम्ति सर्वोच्चले अझै पेसी दिएको छैन ।
शुक्रबार (फागुन ८) रिटकर्तामध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी दिनुभयो।
उहाँका अनुसार, चुनाव सकिएपछि पनि सुनुवाइको मिति तय नगरी तारिख मात्र दिइएको हो । त्यस दिन सुनुवाइ हुने छैन । अर्थात्, निर्वाचन (फागुन २१)अघि संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ हुँदैन ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध
काठमाडौं। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ। महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी...
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
चोरीका स्कुटरसहित दुई पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट दुई वटा चोरीका स्कुटरसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँस्थित...
निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्रीको आह्वान
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइ सकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन २१...




