कला

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्। ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ ले उक्त आँकडा पार गर्न सफल भएका हुन्।

गत बैशाखमा प्रदर्शनमा आएको विपिन कार्की र मिरूना मगर स्टारर ‘ऊनको स्वीटर’ ले ११ करोड ४१ लाख रूपैयाँ ग्रस कमाएको थियो। नवीन चौहान निर्देशित यो फिल्म हालै युट्युबमा समेत सार्वजनिक भइसकेको छ। युट्युबमा पनि यसले दर्शकको निकै माया पाइरहेको छ।

त्यसपछि असोजमा रिलिज सुयोग गुरूङ निर्देशित ‘जेरी अन टप’ ले १२ करोड रूपैयाँभन्दा माथिको व्यापार गर्दै आफूलाई सफल फिल्मको सूचीमा उभ्यायो। अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्मले १२ करोड २५ लाख रूपैयाँभन्दा माथिको ग्रस कमाइ गरेको थियो।

कात्तिकमा प्रदर्शनमा आएको नीर शाह अभिनीत ‘परान’ ले यस वर्षको सर्वाधिक कमाइ गर्ने फिल्मको स्थान बनाएको छ। दीपक आचार्य निर्देशित यो फिल्मले १७ करोड ८४ लाख ग्रस कमाइ गर्‍यो। यो फिल्मको टिकट बिक्री संख्या ६ लाख ३३ हजार बढी छ।

यसैबीच पल शाह, विपना थापा, प्रदीप रावत लगायतको अभिनय रहेको फिल्म ‘आबाट आमा’ ले पनि नेपालमा १० करोड रूपैयाँभन्दा बढी ग्रस कमाइ गर्न सफल भएको छ।

सम्बन्धित समाचार

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

चलचित्र पत्रकार सिटौलाको स्मृतिमा अक्षय कोष स्थापना

काठमाडौँ। चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको अल्पआयुमै निधन भएको १३औँ दिनको पुण्यतिथिका अवसरमा रु १०...