अर्थ

बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध

काठमाडौं। काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले बञ्चरेडाँडा ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश निषेध गरेको छ।

महानगरपालिकाले आज(शुक्रबार) सूचना जारी गरी फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने भएको भन्दै प्रवेश निषेध गरेको जानकारी दिएको हो।

महानगरपालिकाका अनुसार सञ्चालन हुँदै आएको बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा दैनिक रूपमा २३ वटा स्थानीय तहको फोहरमैलाको अन्तिम व्यवस्थापन कार्य हुँदै आइरहेको छ।

‘उक्त फोहोरमैला विसर्जन स्थलमा फोहोरमैला/कवाडी टिप्ने अनधिकृत संकलनकर्ता तथा अन्य अनधिकृत व्यक्तिहरूको प्रवेशका कारण विभिन्न स्वास्थ्य तथा मानवीय जोखिम सिर्जना हुने तथा फोहरमैला विसर्जनको क्रममा दैनिक प्रयोग हुने हेभी सवारीसाधन (डोजर, एक्साभेटर, लोडर, जेट, ट्रिपर आदि) निरन्तर चलायमान हुने हुँदा अनधिकृत व्यक्तिहरूको उपस्थितिले सवारी दुर्घटना निम्त्याउन सक्ने भएकोले मिति २०८२।११।०८ देखि ल्यान्डफिल साइट परिसरमा अनधिकृत प्रवेश पूर्ण रूपमा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’सूचनामा उल्लेख छ।

उक्त ल्यान्डफिल साइट स्थलमा अनुमति प्राप्त व्यक्ति, कर्मचारी, सुरक्षाकर्मी तथा आधिकारिक रूपमा खटिएका व्यक्तिहरू बाहेक अन्य कुनै पनि व्यक्ति प्रवेश नगर्न/नगराउन महानगरले आग्रह गरेको छ।

‘माथि उल्लिखित कार्य उल्लंघन गर्ने व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ, साथै अनधिकृत व्यक्ति प्रवेश गरी कुनै दुर्घटना घटेमा कार्यालय जवाफदेही नहुने एवं सम्बन्धित पक्ष व्यक्तिलाई कानुनअनुसार सजाय हुने व्यहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, सूचनमा उल्लेख छ।

सम्बन्धित समाचार

कालिमाटीमा कति छ तरकारीको मूल्य?

कालिमाटीमा कति छ तरकारीको मूल्य?

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।...

कति छ विदेशी मुद्राको मूल्य?

कति छ विदेशी मुद्राको मूल्य?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गरिँदै

काठमाडौँ। सरकारले विद्युतीय व्यवसाय (इकमर्स) माथि कडा नियमन गर्ने भएको छ । पछिल्लो समय फस्टाइरहेको विद्युतीय व्यापारलाई उद्योग, वाणिज्य...

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

क्षतिग्रस्त संरचना निर्माण गर्न विकास साझेदारबाट सहयोग लिइने

काठमाडौँ। सरकारले जेन–जी आन्दोलनबाट क्षतिग्रस्त संरचना निर्माण गर्न दातृ निकायबाट सहयोग लिने तयारी गरेको छ । अर्थ मन्त्रालयकाअनुसार स्रोतको...