Breaking News

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

काठमाडौं। रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो।

बिहीबार राति नै एक चरण झडप भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिएर दुवै समूहलाई तितर बितर पारे पनि शुक्रबार बिहानैबाट फेरि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताउनुभयो।

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढामा आएको जन्तिले बाजा बजाएको विषयमा विवाद सुरु भएको थियो। राति दुवै समूहले ढुंगा हानाहान गरेका थिए।

बिहान पनि त्यही विषयमा दुवै तर्फका भेला भएर विवाद गरेका थिए। दुई समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० सेलभन्दा बढि अश्रुग्यास प्रहार गरेको डीएसपी बस्यालले  जानकारी दिनुभयो।

त्यसक्रममा दुई जना प्रहरी पनि घाइते भएका छन्। घाइतेहरुको स्थानीइ अस्पतालमा उपचार भइरहेको छ।

विवाद सुल्झाउन अहिले दुवै पक्षलाई राखेर जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको छ। प्रशासनले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपिल पनि गरेको छ।

सम्बन्धित समाचार

रास्वपा नेताले छाडे पार्टी

रास्वपा नेताले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...