Breaking News

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ।

शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा बैठक बसेको थियो। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको बैठकमा बागी उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकबारेमा छलफल भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद भुलालले जनाउनुभएको छ।

उहाँका अनुसार, कपिलवस्तु लगायत केही जिल्लाबाट कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, उनीहरूका प्रस्तावक र समर्थक विरुद्ध उजुरी आएको छ। उनीहरूले अनुशासन विपरीत क्रियाकलाप गरेको उजुरीमा उल्लेख छ।

विभिन्न जिल्लाबाट आएका उजुरीमाथि छलफल भएको दुलालले जनाएका छन्। त्यसमाथि निर्णय गर्न भने बाँकी रहेको छ।

त्यस्तै, बैठकले केन्द्रीय अनुशासन समितिको कार्यविधि-२०८२ पारित गरेको छ।

सम्बन्धित समाचार

रास्वपा नेताले छाडे पार्टी

रास्वपा नेताले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

काठमाडौं। रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय...