Breaking News

वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको छ ।

बिहीबार राति रास्वपाका सभापति रवि लामिछानेको दाङ आगमनको समयमा तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्रचोकमा रास्वपाका कार्यकर्ताहरुले राजा वीरेन्द्रको शालिकमाथि उभिएर अपमानपूर्ण र अभद्र व्यवहार गरेको भन्दै राप्रपा लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको हो ।

‘राप्रपा लुम्बिनी प्रदेश समिति यो कार्यको घोर भर्त्सना एवम् खेद प्रकट गर्दछ,कसैको आस्थामा असर पर्ने यस्तो खाले अराजकतापुर्ण व्यवहार सह्य हुँदैन,’ राप्रपा प्रदेश सचिव राजेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यो गतिविधिको सम्बन्धमा तत्काल रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न आग्रह गर्दछौं, साथै यस्तो घटना फेरि नदोहोरिने प्रतिबद्धता गर्नहुन समेत आग्रह गर्दछौं ।’

राप्रपाले निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण बनाउनु सबै पार्टीको दायित्व हुने स्मरण गराउँदै स्वस्थ प्रतिस्पर्धाको वातावरण बनाउन र अन्य दललाई असर गर्ने कुनै कार्य नगर्न सबै दल तथा व्यक्तिहरुलाई समेत आग्रह गरेको छ ।

गएराति नै दाङमा रास्वपाको समर्थन गरेको समूहले एमालेको झण्डा जलाउनुका साथै अध्यक्ष केपी ओलाीविरुद्ध आपत्तिजनक नाराबाजी गरेका थिए ।

एमालेले घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरेको छ ।

सम्बन्धित समाचार

रास्वपा नेताले छाडे पार्टी

रास्वपा नेताले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ। शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको...

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा भूकम्प

पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते

काठमाडौं। रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय...