रास्वपा नेताले छाडे पार्टी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन प्रमुख पवन चौधरीले पार्टीबाट राजीनामा दिनुभएको छ।
शुक्रबार रास्वपा केन्द्रीय कार्यालयमा पठाएको राजीनामा पत्रमा चौधरीले साधारण सदस्य समेत नरहने उल्लेख गर्नुभएको छ। उहाँले भन्नुभएको थियो। `आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु।’
अहिले रास्वपाले आफ्नो नाराअनुसार काम नगरेको उहाँले जिकिर गर्नुभएको छ,‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने भन्ने मूल नाराले प्रेरित भई म यस पार्टीमा आवद्ध भएको थिएँ। तर आसन्न फागुन २१ गतेको निर्वाचन सम्बन्धित पार्टीले अवलम्बन गरेको पद्धति, पार्टीको निर्णय तथा कार्यशैली रास्वपाको स्थापनाकालिन मूल्य, पार्टी विधान र सार्वजनिक प्रतिबद्धताभन्दा ठिक विपरित भएको अनुभव गरेको छु,’ उहाँले भन्नुभएको छ।
पार्टीमा योगदानको उचिन मूल्यांकन नभएको उनले आरोप लगाउनुभएको छ। ‘संगठनमा दिनरात खटिएका क्षमतवान घण्टी मित्रहरूको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलापहरू भएको, पार्टीका सिद्धान्तहरू व्यवहारमा कार्यान्वयन नभएको र मुलतः आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि आँच आउने परिस्थिति बनेको छ। यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,’ उहाँले भन्नुभएको छ।
रास्वपा मधेस प्रदेशका संस्थपक सदस्य समेत रहेका उहाँ बाराको सहसचिव पनि हुनुहुन्थ्यो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पाकिस्तानमा भूकम्प
पाकिस्तानमा आज (शुक्रबार) साँझ भूकम्प गएको छ। बीबीसी उर्दुका अनुसार स्थानीय समय साँझ ६:१० बजे अफगानिस्तानको हिन्दुकुश केन्द्रबिन्दु भएर...
वीरेन्द्रको शालिक तोडफोड गरेकोप्रति राप्रपाको आपत्ति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दाङमा वीरेन्द्रको शालिकमाथि चढेर राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा नाराबाजी गरेको घटनाप्रति खेद प्रकट गरेको...
कांग्रेसले अनुशासन विपरीत काम गर्नेलाई कारबाही गर्ने
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकमा बागी उम्मेदवारबारे छलफल भएको छ। शुक्रबार अनुशासन समितिका संयोजक तारामान तामाङको सभापतित्वमा...
रौतहटमा हिन्दु-मुस्लिम समुदायबीच झडप, १५ घाइते
काठमाडौं। रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन्। स्थानीय हिन्दु समुदाय...




