ओली र लेखकलाई पक्राउको माग गर्दै प्रहरीमा परेको उजुरी जाँचबुझ आयोगलाई पठाइयो
काठमाडौं। जेन–जी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं उजुरी गरेको छ। सो उजुरीलाई प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुलाई पक्राउ गर्न माग गर्दै परिसर पुगेको हो । मंगलवार अपरान्ह गुरुङ लगायतको जेन—जी समूहले माईतीघरमा पूर्वप्रधानमन्त्री ओलीसहित काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वगृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखक, एमाले नेता महेश बस्नेत, पूर्वपरराष्ट्रमन्त्री एवं काँग्रेस नेतृ डा. आरजु राणा देउवाको ब्यानर टाँसेर उनीहरुलाई पनि पक्राउ गर्नुपर्ने मागसहित विरोध जनाएका छन् ।
जेन—जी आन्दोलनमा दमनकारी भुमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै जेन—जीले दबाब बढाइरहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




