काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिएको छ।
मंगलवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको अखिलको टोली परिसर पुगेर तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उजुरी दिएको हो।
उनीहरुले भदौ २४ मा जेन–जी आन्दोलनको क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी भएको थियो । साथै प्रहरीमाथि निर्घात कुटपिट भएको थियो ।
उता जेन–जी आन्दोलनका मृतक र घाइतेका परिवार हामी नेपालका अध्यक्ष गुरुङसहित परिसर पुगेर एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक बिरुद्ध उजुरी दिएका छन्।