खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
काठमाडौँ। पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएका छन्।
यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ। संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ। त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि विभागद्वारा उक्त अनलाइन पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो।
यो पोर्टलमा उक्त क्षेत्रमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको विवरण सङ्कलन गर्ने कार्य भइरहेको विभागका महानिर्देशक द्रुपदा सापकोटाले जानकारी दिनुभयो।
पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोग निरन्तर सक्रिय रहेका छन्। त्यो क्षेत्रमा रहेका नेपाली नियोगहरुले समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका मन्त्रालयलका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमजेन्सी रेस्पोन्स टिम’को बुधबार सम्पन्न दोस्रो बैठकको निर्णयअनुसार समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क गर्न, मनोबल बढाउन र उनीहरूको प्रतिक्रिया लिएर प्रतिवेदन गर्न पश्चिम एसियास्थित सबै नियोगलाई निर्देशन दिइएको उनले बताउनुभयो।
पश्चिम एसिया क्षेत्रमा रहेकासबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन कानुनविपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
१.
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
-
२.
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
-
३.
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
-
४.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
५.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
ट्रेन्डिङ
सम्बन्धित समाचार
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...




