ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

क्षिरेश्वरनाथ नगरपालिका(५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीले जानकारी दिए। प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो जनाएका छन्।

उनका अनुसार मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका(४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ ।
मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

 

You might also like
Comments
Loading...