कृषकलाई सामग्री वितरण   

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की, २६ लाई चरा मेशिन र १० लाई पानी तान्ने मोटर प्रदान गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए ।

पचास प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ । उनले तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको बताए ।

अन्य क्षेत्रमा पम्प सेटको व्यवस्थापन गरिएको उनको भनाइ थियो । बेमौसमी बर्सातले किसानलाई पु¥याएको क्षतिको विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल गरिरहेको उनले बताए ।

You might also like
Comments
Loading...