संस्कारसहितको शिक्षाले मात्र पूर्ण मानवको परिकल्पना गर्न सकिन्छ

अध्यक्ष सुवास न्यौपाने, एपेक्स लाइफ स्कूल

काठमाडौं । एपेक्स लाइफ स्कुलले विद्यालयको ३९औँ वाषिकोत्सव तथा अभिभावक दिवसलाई ‘एनुअल कल्चर एक्सप्रेसन डे २०७९’ का रुपमा आयोजना गरी शनिबार विविध शैक्षिक क्रियाकलापबीच मनाएको छ ।

चावहिल सरस्वतीनगरस्थ्ति विद्यालय प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रखर प्रेरक प्रवक्ता एवं इस्कोन समितिका अध्यक्ष गुरु रुपेशश्वरदासले सो अवसरमा विद्यालयमा बालबालिकालाई समय सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै आफ्नो भाषा, संस्कृति र मौलिकता जगर्ना गर्ने गरी पठनपाठनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । उनले आफ्नो सन्ततिलाई असल संस्कार, अनुशासन र नैतिक आचरण सिकाउनुपर्नेमा जोड दिए । उनले संस्कृत भाषालाई प्राथमिकता दिएर हाम्रो शिक्षा प्रणाली अगाडि बढाउन सकिने धारणा राखे ।

विद्यालयका अध्यक्ष सुवास न्यौपानेले .संस्कारसहितको शिक्षाले मात्र एउटा पूर्ण मानवको परिकल्पना गर्न सकिने बताएका छन् । उनले विद्यालयमा हुने विभिन्न सृजनात्मक र रचनात्मक क्रियाकलापले विद्यार्थीहरुमा शिक्षा, ज्ञान र नैतिक मूल्य मान्यताको अभ्यास र आत्मविश्वास बढेको छ भने । उनले स्कुलमा पाठ्यपुस्तकभन्दा पाठ्यक्रमलाई आधार मानेर शिक्षण गरिएको र एक्काइसौ शताब्दि सुहाउँदो आधुनिक र गुणस्तरीय शिक्षामा जोड दिइएको छ भने ।

कार्यक्रम समापन गर्दै स्कुलका प्रधानाध्यापक प्रभात क्षेत्रीले हाम्रा पूर्खाहरुले मानेका विभिन्न रीतिरिवाज, धर्म, संस्कृति र भाइचाराको सम्बन्धले समाजलाई बलियो बनाएको चर्चा गरे । तर अहिले त्यो संस्कार बिर्सिदै गएको अवस्थाबाट फर्केर आफ्नै मौलिकतातर्फ लागौ भन्ने उनले सुझाव दिए । उनले आगामी दिनमा विद्यालयले अझै उत्कृष्ट शिक्षा प्रदान गर्नेतर्फ ध्यान केन्द्रीत गर्ने विश्वास दिलाए ।

कार्यक्रममा भाषा, धर्म, संस्कतिलाई जगेर्ना गर्ने खालका गीत र आकर्षक नृत्य प्रस्तुत गर्नुका साथै बाचौँ, बचाऔँ भन्ने मूल भाव झल्केको अङ्ग्रेजी नाटक प्रस्तुत गरिएको थियो । विदेश जानु रहर होइन् बाध्यता हो भन्ने सन्देशमूलक नाटिका तथा योग गरौँ स्वस्थ्य रहौँ भन्ने मूल मर्मका साथ योगा प्रदर्शन गरिएको विद्यालयका सहप्राचार्य प्रकाश भट्टराईले जानकारी दिए ।

उक्त कार्यक्रममा दशवर्ष शिक्षण गरेका नेपाली विषयका शिक्षक रामप्रसाद रेग्मी, तेक्वान्दो शिक्षक विश्वराज राई, स्काउट शिक्षक अब्दुल मियाँ, आर्ट एण्ड क्राफट शिक्षक बालकृष्ण खयर गोली, संगीत शिक्षक सप्पन घिमिरे र कर्मचारी सीता चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा सार्क देशका झण्डा देखाउँदै भिभिन्न नृत्य प्रस्तुत गरिएको थियो जुन नृत्यले भाइचाराको सन्देश बोकेको भनेर प्रशंसा गरिएको थियो ।

विद्यालयले गत वर्षबाट कक्षा १ देखि ३ कक्षासम्मको पाठ्यक्रमलाई आधार मानेर रचनात्मक र सिर्जनात्मक बनाउने उद्देश्यका साथ किताबरहित शिक्षण सिकाइमा जोड दिएको छ । यस वर्षदेखि शिशु कक्षा पनि सञ्चालन गर्न थालेको सो विद्यालयले जनाएको छ । कामकाजी अभिभावकलाई लक्षित गरेर बिहान आठ देखि साँझ साढे चारबजेसम्म आठ घण्टे कक्षा सञ्चालन गरेको छ ।

विद्यालयले २१ औँ शताब्दीको समय सापेक्ष शिक्षा नै आफ्नो लक्ष्य भएको जनाएको छ । लामो समयदेखि पूर्वीय दर्शन तथा साहित्यलाई जगेर्ना उद्देश्यले संस्कृत भाषाको पनि शिक्षण सिकाइ क्रियाकलाप सो विद्यालयले सञ्चालन गर्दै आएको छ ।

‘विद्यालयको कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र शिक्षण सिकाइ क्रियाकलापलाई सीमित नराखी स्थलगत भ्रमण, पुस्तक भन्दा बाहिरका सन्दर्भबाट व्यवहारिक कुशल सीप सिकाउने प्रयास गर्दै आएका छौं,’ विद्यालयका अध्यक्ष सुवास न्यौपाने भन्छन्, ‘अनुभवी, दक्ष, कर्तव्यनिष्ठ शिक्षकहरूद्वारा एउटा बालकलाई पूर्ण कर्मयोगी मानव बनाउने अभियानमा दत्तचित्त भएर हामीले पठनपाठन केन्द्रित गरेका छौं ।’

 

तालिमप्राप्त योग्य शिक्षकद्वारा शिक्षण, उपयुक्त भौतिक संरचना, अत्याधुनिक पुस्तकालय, सुविधायुक्त फर्निचर तथा डिजिटल (आइसिटी) कक्षाकोठाको समुचित व्यवस्थापन साथै पर्याप्त खेलमैदानको सुविधा, सिर्जनात्मक क्रियाकलाप, विभिन्न श्रव्यदृश्य सामग्री एवं परियोजनात्मक क्रियाकलापका विद्यालयमा आवश्यकता अनुसार सञ्चालन गरिने विद्यालयका व्यवस्थापक विन्दु न्यौपानेको भनाइ छ । यसका अतिरिक्त विभिन्न जातीय, धार्मिक एवं सांस्कृतिक विविधता झल्काउने खालको क्रियाकलापमा बढीभन्दा बढी विद्यार्थीलाई सहभागी गराईएको छ । साथै विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापबाट मात्र एउटा बालक पूर्ण शिक्षित नागरिक बन्न सक्छ भन्ने विद्यालयको मान्यता छ ।

विसं २०४० मा शिशु निकेतनको नामबाट सुरु भएर पछि यसलाई सिरिन भ्याली स्कुलको नामबाट सञ्चालन गरिएकोमा २०६७ सालदेखि एपेक्स लाइफ स्कुल नामकरण गरियो । २०७३ सालदेखि यो विद्यालय चावहिल सरस्वतीनगरमा सञ्चालन हुँदै आएको छ । मन्टेश्वरीदेखि १० कक्षासम्म पढाइने यहाँ हाल करिब चार सय विद्यार्थी अध्ययनरत छन् । हालसम्म २९ ब्याच विद्यार्थीले एसएलसी दिइसकेको र उत्कृष्ट नतिजा हासिल गरेको सहप्राचार्य प्रकाश भट्टराई बताउँछन् । साथै बालबालिकाको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिने विद्यालयको दावी छ ।

विद्यालयले ब्रिटिस काउन्सिल अवार्ड, राइजिङ स्कुल अवार्ड र द वेस्ट स्कुल अवार्ड प्राप्त गरेको छ ।विद्यालयले असल संस्कारमा विश्वास गर्ने शैक्षिक केन्द्रका रुपमा आफूलाई अघि बढाउँदै समयसापेक्ष आधुनिक शैक्षिक दर्शन, पद्धति तथा अभ्यासलाई आत्मसात् गरेको छ । खासगरी प्रत्येक विद्यार्थीमा अन्तरनिहित प्रतिभा, क्षमता र सीपलाई उनीहरूकै व्यावहारिक अभ्यास र अनुभवका आधारमा सिक्ने वातावरण उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ ।

सूचना प्रविधि र इन्टरनेटको तीव्र विकासले विश्वलाई नै एउटा सानो गाउँमा रुपान्तरण गरेको वर्तमान परिवेशमा शिक्षा र सिकाइ पनि प्रतिस्पर्धात्मक बनेको यथार्थलाई स्वीकार्दै विश्वका जुनसुकै ठाउँमा पुग्दा पनि आफूलाई योग्य र अब्बल बनाउने गरी आधारभूत विद्यालय शिक्षाको आधार र जग बसाउन यहाँका विद्यार्थीलाई सिकाइ, शिक्षण र व्यवहारिक ज्ञान दिने वातावरण सृजना गरिएको विद्यालयको भनाइ छ ।

यसअघि एपेक्स लाइफका विद्यार्थीले आफ्नो खाजाको पैसा बचाएर संकलित रकममा स्कुलले समेत थपेर कुल १ लाख १ हजार ५ रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ । ‘सरकारले सहयोग गर्नुपर्ने संस्थालाई रचनात्मक र सिजर्नात्मक काम भनेर सांकेतिक रुपमा हामीले सहयोग गरेका हौं,’ अध्यक्ष न्यौपानेले भने ।

यस्तै विगतमा विभिन्न कार्यक्रम गर्ने क्रममा भानुजयन्तीका अवसर पारेर भानु प्रतिष्ठान तथा एपेक्स लाइफ स्कुलले प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यको सभापतित्वमा र वरिष्ठ समालोचक डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यतामा भानु महोत्सव गरी युवा साहित्यकार महेश पौडेललाई नगद पुरस्कारसहित सम्मान गरेको थियो । सीता भट्टराई, डा. नवराज लम्साल, गोपाल अस्क, ऋषभदेव घिमिरे, जनार्दन अधिकारी, बलराम दाहाल, सुदेश सत्याल, देवी बराल, भैरवी ढुङ्गानालगायतले कविता वाचन गर्नुका साथै विद्यार्थीले रामायणका श्लोक वाचन गरेका थिए । विद्यार्थीहरूद्वारा अभिनित बाल नाटक आकर्षक र सन्देशमूलक बनेको थियो । संस्कार, संस्कृति र शिक्षाका बारेमा यसबाट विद्यार्थीले ज्ञान पाएका थिए ।

यस्तै रचनाताम्क क्रियाकलपा गर्ने सन्दर्भमा यसअघि सूचना प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालको कारण साईबर अपराध र विकृति बढेको बेला यसबाट बचेर लाभ लिने गरी साईबर सदुपयोग गर्न आव्हान गर्दै एपेक्स लाईफ स्कूलमा ‘साइबर एक्सप्लोइट’ कार्यक्रम गरिएको थियो । त्यसमा उपत्यकाका विभिन्न विद्यालयबाट झण्डै २०० विद्यार्थी सहभागी थिए । स्कुलमा सूचना प्रविधिका विविध कार्यक्रम सञ्चालन हुँदै आएका छन् । आधुनिकता, विश्वव्यापीकरण र सूचना प्रविधिको अहिलेको युगमा इन्टरनेटबाट लाभ लिन सकिने पक्ष एकातिर भएपनि यसको दुरुपयोग हुँदा विकृति बढेकोले त्यसलाई रोक्न र जनचेतना बढाउन यस कार्यक्रम सहयोगी भएको जनाइएको थियो ।

You might also like
Comments
Loading...