मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक आज बिहान ११ बजे बस्दै छ ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जान लागेकाले सरकारले नयाँ नियुक्तिको निर्णय गर्न लागेको हो ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । परामर्शका लागि प्रधानमन्त्री देउवाले नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका थिए ।

सशस्त्र प्रहरी बलमा आईजीपीका लागि राजु अर्याल एकल दाबेदार हुन् । उनलाई यसअघि बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गरेको थियो । उनका प्रतिस्पर्धी डीआईजी नै छन् ।

 

You might also like
Comments
Loading...