‘ब्युटी पेजेन्ट’ बलात्कार प्रकरणका आरोपी पाण्डे पक्राउ

काठमाडौं । ब्युटी प्याजेन्टको नाममा युवतीमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार तथा यौन शोषण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल हुँदै यो मुद्दा राष्ट्रिय चासोको विषय बनेपछि गृहमन्त्रालयले छानबिन समिति गठन गरि अनुसन्धान थालिएको जनाइसकेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।

 

You might also like
Comments
Loading...