बेबील्याण्डको होम डेलिभरी सेवा देशभर, काठमाडौंमा स्टोर खुल्ने

काठमाडौं । २८ वर्ष अगाडि पोखराबाट व्यावसायिक सुरुवात गरेको बेबील्याण्डले राजधानी काठमाडौंमा स्टोर खोेल्ने भएको छ । हाल न्यूरोड पोखरामा रिटेल स्टोर, सिद्धार्थ चोक पोखरामा प्ले शोरुम तथा बालाजु काठमाडौंमा बेबील्याण्डमल अनलाइन अफिस संचालनमा छ । बेबील्याण्ड नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी हो ।

निकट भविष्यमा कम्पनीलाई ब्रान्डिङ गर्ने र काठमाडौंमा स्टोर खोल्ने योजना रहेको बज्राचार्यले जानकारी दिए । काठमाडौंमा एक वर्षभित्रै स्टोर्स खोल्ने योजना रहेको उनले बताए ।

‘बच्चाहरुको खुशी नै परिवारको खुशी’ नारा र नेपालको व्यावसायिक क्षेत्रमा केहि नयाँपन दिनुपर्छ र कुनैपनि काम नयाँ होइन नयाँढंगले गर्नुपर्छ भन्ने सोंचका साथ शुरुवात गरिएको यस व्यवसायले आज बेबील्याण्डको नामबाट अन्य धेरै बेबी स्टोर हरु संचालनमा रहेकोबाट स्पष्ट हुन्छ । ‘जसले गर्दा आज हामी आफूलाई नेपालको पहिलो र एकमात्र ट्रेडमार्क रजिष्टर्ड कम्पनी भनिरहनुपर्ने अवस्था सृजना भएको छ,’ बज्राचार्य भन्छन्, ‘एउटा उद्यमीको हैसियतले बेबी स्टोरको क्षेत्रमा उद्यमशीलता सृजना गर्न सफल भएकोमा हामी खुशी छौं ।’

स्टोरले हालै संचालनमा ल्याएको ‘बेबील्याण्ड मल अनलाइन’ मा शपिङ गर्ने ग्राहकलाई नेपाल भरी निःशुल्क डेलिभरीको व्यवस्था रहेको बज्राचार्यले जानकारी दिए । जन्मेदेखि १२ वर्षसम्मका बच्चाहरुको फेसनेबल लुगा, जुत्ता, खेलौना, साइकल, ट्राइसाइकल, वाकर, बेड, झुलुंगा, स्ट्रोलर, ईलेक्ट्रीकल कार जिप, बाइक लगायत सम्पूर्ण सामानको कलेक्सन बेबील्याण्डमा छ । बेबी ल्याण्डमा १६ जना कर्मचारी आबद्ध छन् ।

यसैबीच बेबील्याण्डले स्थापनाको २९औं वर्ष प्रवेश भएको छ । बेबील्याण्डले सोमबार २८औं वार्षिकोत्सव मनाएको छ । वार्षिककोत्सवको अवसरमा बेबील्याण्डका संस्थापक प्रदीप बज्राचार्यले परिवारजन, कर्मचारी, ईष्टमित्र, ग्राहक, सप्लायर्स, बैंक वित्तीय संस्था, राज्यका विभिन्न अंग, सामाजिक संघ संस्था, पत्रकारm मिडिया हाउस लगायत सम्पूर्णमा आभार व्यक्त गरेका छन् । ‘२८ वर्षसम्मको निरन्तर साथ सहयोग र हौसलाप्रति हार्दिक आभार प्रकट गर्दछौं,’ उनले भनेका छन् ।

You might also like
Comments
Loading...