
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहकाे मेयर पदमा जीत सुनिश्चित भएको छन् । सुरुदेखि नै अग्रता कायम गरेका बालेन्द्रले सत्ता गठबन्धनलाई पछाडि पार्दै फराकिलो मतान्तर बनाएका हुन्।
आज बिहानसम्मको मतपरिणाम अनुसार बालेन्द्रले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३४ हजार ६०८ मत प्राप्त गरेकी छन्।
बालेन्द्रले सिर्जनालाई २० हजार ११० मतान्तर बनाएर अग्रता कायम गरेका छन्। स्थापित बालेन्द्र २० हजार ७४३ मतले पछाडि छन्।