२ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने मेयर बालेनको प्रस्ताव

काठमाडौं । नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गरेका छन्

शाहले सोमबार पदबाली लिएपछि बसेको पहिलो नगर कार्यपालिकामा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पस्ताव राखेका हुन् ।

उक्त बैठकमा शाहले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम तत्काल गर्न २ वटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्ने प्रस्ताव राखेका छन् ।

त्यस्तै शाहाले जनताले समस्या परेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स दिन समेत आग्रह गरेका छन् ।साथै शाहले नागरिकको गुनासो सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याउने समेत बताए। उनले भने, ‘जनताले समस्या छ भनेर कल सेन्टरमा खबर गरेपछि तत्काल रेस्पोन्स गर्नुपर्छ ।’

यस्तै शाहले रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि अघि सारेका छन् । यसका लागि केही चेन रेष्टुरेन्टहरुसँग कुराकानी समेत भएको उनले बताए ।

उले काठमाडौँको फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाएका छन् ।

 

You might also like
Comments
Loading...