सेवा विस्तार गर्दै ‘बरदान अनलाइन स्टोर्स’, सामान खरिदमा विशेष छुट

पोखरा । अनलाइन इ–कमर्श ‘बरदान अनलाइन स्टोर्स’बाट सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सकिने भएको छ । पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यालय स्थापना गरी अनलाइन सपिङको सुविधा प्रदान गरिरहेको स्टोर्सले बेबी फुड्स र बेबी ड्राइपरमा विशेष छुट प्रदान गरिरहेको प्रवन्ध निर्देशक सञ्जीव पौडेलले जानकारी दिए ।

कम्पनीले पोखरा, बागलुङ र पर्वत क्षेत्रमा निःशुल्क डेलिभरी सुविधा प्रदान गरिरहेको छ । स्टोर्समा किचनको सामान, मोबाइल फोन, इलेक्ट्रोनिक्स सामान, बेबी फुड्स, ड्राइपर, बुक्स, स्मार्ट फोन, घडी, ग्लासेस, एसेसरिज, पर्सनल केयर आइटम, डल, स्मल फर्निचर लगायतका सामान स्टोर्समा उपलब्ध छन् ।

बागलुङ र पर्वतमा सेवा

कोरोना महामारीको पहिलो भेरियन्ट सुरु भएसँगै देशव्यापी रुपमा लकडाउन हुँदा अनलाइन होम डेलिभरी सेवा प्रदान गर्ने लक्ष्यसहित पोखरामा बरदान अनलाइन स्टोर्स सुरु भएको थियो । बदरान अनलाइन स्टोर्सले पछिल्लो समय पोखरा सहित आसपासका क्षेत्रमा सेवा विस्तार गर्न सुरु गरेको छ ।

यसैक्रममा बागलुङ र पर्वतमा फागुन १ गतेबाट सेवा सुरु भएको पौडेलले जानकारी दिए । ‘बागलुङ र पर्वत क्षेत्रमा सेवा प्रदान गर्नेगरी फ्रेन्चाइज सिस्टममा सेवा विस्तार गरेका छौं,’ पौडेलले भने । आगामी चैतसम्ममा गण्डकी प्रदेशका सबै जिल्लाबाट सेवा प्रदान हुने उनले बताए ।

You might also like
Comments
Loading...