मतदाताको विश्वास जित्दै उम्मेदवार ढकाल

तनहुँ । मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभा सदस्यका लागि तनहुँ क्षेत्र नं १ क बाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विद्या ढकाल मतदातासंगको भेटघाटमा व्यस्त छन् ।

बिहीबार व्यास नगरपालिका वडा नं ७ र ८ का मतदातासँग ढकालले भेट गरेका छन् । भेटघाटका क्रममा मतदाताको विश्वास जित्न सफल भएको उनले बताएका छन् । जनताबाट प्राप्त सद्भावले ऊर्जा मिलेको छ  र म उत्साही छु, ढकालले भने ।

भेटघाटका क्रममा आफ्नो क्षेत्रका मतदाता बीच पुगेका ढकालले आफू हिजो पनि यही क्षेत्रका जनताका बीचमा रहेको र आगामी दिनमा पनि सँगै रहने अठोट व्यक्त गरे । मतदाताहरुको जिज्ञासाको जवाफ दिने क्रममा ढकालले आफ्नो सम्पूर्ण जीवन भ्रष्टाचार र कमिसनतन्त्रका विरुद्ध आवाज वुलन्द गर्ने बताए ।

विगतका परम्परालाई तोड्दै निर्वाचन पछि पनि धन्यवाद ज्ञापन गर्न घरदैलोमा नै आउने विश्वास दिलाए ।

आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला नेतृत्व नै लागेको र निर्वाचन प्रचारको सिलसिलामा गाउँ गाउँ पुग्दा ठुलो संख्यामा मतदाताको उपस्थिति हुने गरेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिए ।

You might also like
Comments
Loading...