रुपा गाउँपालिकाको अध्यक्षमा विकल पौडेल सर्वसम्मत सिफारिस

कास्की । स्थानीय तहको आसन्न निर्वाचनका लागि कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी विकल पौडेल सिफारिस भएका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट उनी अध्यक्षमा सिफारिस भएका हुन् । मंगलबार बसेको पार्टीको गाउँपालिका स्तरीय बैठकले पौडेललाई सर्वसम्मत सिफारिस गरेको हो ।

आवश्यकता अनुसार गठबन्धन गरेर अध्यक्षमा आफूले उम्मेदवारी दिने तयारी गरेको पौडेलल खबरसेवालाई बताए ।

उनी नयाँ शक्ति नेपाल कास्कीका संस्थापक सदस्य हुँदै विद्यार्थीको केन्द्रीय सचिव हुँदै जसपा तमुवान राष्ट्रिय समितिको मुख्य सचिव भएर उनले जसपामा आफ्नो राजनीतिक यात्रा निरन्तर अगाडि बढाइरहेका छन् ।

You might also like
Comments
Loading...