विप्लव नेतृत्वको नेकपाको असोजमा महाधिवेशन गर्ने निर्णय

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा नवौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

उदयपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेता धर्मेन्द्र बाँस्तोला, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि विप्लवको नेतृत्वमा उदयपुरमा केन्द्रीय समिति बैठक बसेको हो ।

जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

साथै असोज १ मा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न तयारी थाल्ने निर्णय समेत भएको पार्टीका केन्द्रीय सदस्य ओम पुनले बताए ।

You might also like
Comments
Loading...