काठमाडौं महानगर : बालेनकै अग्रता, अझै ५१ प्रतिशत मत गन्न बाँकी

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन शाहले आग्रता कायमै राखेका छन् । महानगरमा कुल १ लाख ८९ हजार ४२० मत खसेकोमा आज दिउँसोसम्ममा कुल ९३ हजार ६ सय ४७ मत गणना गरिएको छ ।

महानगरमा अझै ९७ हजार ५ सय ३९ मत अर्थात् ५१ प्रतिशत मत गन्न बाँकी रहेको छ। कुल ९३ हजार ६ बढी मत गणना गर्दासम्म स्वतन्त्र उम्मेदवारी दिएका वालेन शाहले निकटतम प्रतिस्प्रर्धी एमालेका केशव स्थापितलाई १५ हजार ८ सय ५ सय ५३ मतले पछि पार्दै ३४ हजार १ सय ३० मत प्राप्त गरेका छन् भने एमालेका स्थापितले १७ हजार ६७८ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले १७ हजार ७०२ मत पाएकी छिन्। महानगरका ९, १०, ११, २४, २५, २६, २७ र ३१ वडामा मतगणना जारी छ।

You might also like
Comments
Loading...