भरतपुरमा रेनुको अग्रता कायमै, सुवेदी दाहालभन्दा ६ हजार बढी मतले पछाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । भारतपुरमा अहिलेसम्म ७८ हजार ३१५ मतगणना हुँदा दाहाल एमालेका विजय सुवेदीभन्दा ६ हजार १३८ मतले अघि छन् ।

पछिल्लो मत परिणामअनुसार दाहालले ३० हजार ३९४ मत पाएकी छन् भने, एमालेका सुवेदीले २४ हजार २५६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म १० हजार ७२१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले ३२ हजार ८२९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार हिमला गुरुङले १८ हजार ८२७ मत ल्याएकी छन् ।

You might also like
Comments
Loading...