सप्तरीमा कांग्रेस र जसपा २-२ वडामा विजयी

काठमाडौं । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

सप्तरीमा जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले दुई/दुई वडामा र नेकपा (एमाले), लोसपा र जनमत पार्टीले एक-एक वडामा जित हासिल गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा रोहिणीप्रसाद पोखरेलको समूह नै विजयी भएको छ । कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित महिला सदस्यमा भीमकुमारी नेपाल विजयी भएकी हुन् ।

शम्भुनाथ नगरपालिकामा कांग्रेसका जिवछ साहले ४७४ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका बद्रीनारायण यादवले ३७१ मत ल्याएको छ । प्यानलसहित जितेको उक्त वडामा कांग्रेसबाट खुला सदस्यमा राधादेवी चौधरी र बिमलाकुमारी चौधरी, महिला सदस्यमा फूलकुमारी चौधरी र दलित महिला सदस्यमा इनरवती देवीराम विजयी भएका छन् ।

यसैगरी खडक नगरपालिका–२ को वडाध्यक्ष पदमा जसपाका हरेराम मण्डल नौ मत बढी ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका धर्मदेव साहले ३५९ र एमालेका विसुन साहले ३३६ मत ल्याएका छन् । कञ्चनरूप नगरपालिका वडा नम्बर १ मा प्यानलसहित जसपा नेपालका रव्बान खान ४१ मत बढी ल्याएर विजयी भएका हुन् ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–१ मा एमालेका वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएका हुन् । सो पार्टीका सबजुल खलिफा ६४१ मत ल्याई वडाध्यक्षमा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अछमितलाल चौधरीले ५५० र जसपाका रामनारायण चौधरीले ५१४ मत ल्याए ।

यसैगरी खुला सदस्यमा एमालेका देवकान्त चौधरी र रामगेन सिंह, महिला सदस्यमा वैजनाथदेवी थरुनी र दलित महिला सदस्यमा पार्वतीदेवी राम विजयी भएका हुन् ।

खडक –१ मा लोसपाबाट वडा अध्यक्षमा राजकुमार साह ८११ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी जसपाका सिंंहेश्वर मण्डलले ६३८ मत ल्याउनु भएको छ ।

लोसपाकै खुला सदस्यमा दिलीपकुमार मण्डल र त्रिभुवन मण्डल तथा महिला सदस्यमा आभना खातुन र दलित महिला सदस्यमा ललितादेवी राम विजयी हुनुभएको छ ।

उक्त वडामा कांग्रेसबाट महिला वडासदस्य र दलित महिला सदस्य विजयी हुनुभएको छ । यसैगरी एमाले र जसपाले खुला वडासदस्यमा जित हासिल गरेको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ को वडाध्यक्षमा जनमत पार्टीका सुरेन्द्र मण्डल प्यानलसहित निर्वाचित भएका छन् ।

डाक्नेश्वरी नगरपालिका–२ हरिराहामा मतदान सुरु भएको छ भने सोमबार रूपनी गाउँपालिका–५ बसबिट्टीमा मतदान सुरु हुने जनाइएको छ। हाल जिल्लाको १६ स्थानीय तहको मतगणना जारी छ ।

You might also like
Comments
Loading...