एभरेष्ट कलेज : व्यवस्थापन शिक्षामा अब्बल

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको एभरेष्ट कलेजले व्यवस्थापन संकायका विभिन्न कोर्स संचालन गर्दै आइरहेको छ । कलेजले विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र प्रदान नगरी व्यवहार, सीप, बानी तथा विभिन्न क्षमताको विकास गराउँदै आएको छ । व्यवस्थापन अध्ययन गर्ने विद्यार्थीका लागि उत्कृष्ट गन्तव्य बन्न सफल छ एभरेष्ट कलेज ।

कलेजले विद्यार्थीको रुचि, इच्छा, आकांक्षा तथा मनोविज्ञानलाई ख्याल गरेर शैक्षिक गतिविधि सञ्चालन गरिरहेको छ । सन् १९९८ मा स्थापना भएको कलेजले २४ वर्षे शैक्षिक यात्रा पार गरिसकेको छ । विभिन्न चुनौतीको सामना गर्दै अन्तर्राष्ट्रियस्तरको शिक्षा कलेजले प्रदान गर्न सफल भएको बताउँछन् प्रमुख कार्यकारी अधिकृत विष्णुहरि पाण्डे । ‘जसका कारण विद्यार्थीलाई स्वदेशमै करियर बनाउन तथा विदेश गएर थप अध्ययन गर्न र काम गर्न सहज हुने गरेको छ,’ उनले भने, ‘नयाँ तथा नवीनतम विधि तथा प्रविधिको प्रयोग गरी सैद्धान्तिकसँगै प्रयोगात्मक तथा व्यावहारिक ज्ञान पनि कलेजले प्रदान गरिरहेको छ । विभिन्न पेशा तथा व्यवसाय गर्न चाहने विद्यार्थीलाई सही मार्ग निर्देशन पनि कलेजले गरिरहेको छ ।

विद्यार्थीको रचनात्मक तथा अन्तरक्रियात्मक क्षमतालाई प्रस्फुटन गर्नका लागि कलेजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सामाजिक जीवनका लागि आवश्यक विभिन्न कार्यक्रम, खेलकुद गतिविधि, संगीत, नाटक लगायतका विभिन्न अतिरिक्त क्रियाकलाप संचालन हुने गरेका छन्, जसले विद्यार्थीमा रहेका क्षमताको प्रस्फुटन गराउँछ । कलेजले विद्यार्थीलाई हरेक संरचनामा सामाजिक भूमिका खेल्न तयार गरिरहेको छ । विद्यार्थीको भविष्यका बारेमा कलेजले सही मार्ग निर्देशन गर्दै आइरहेको छ ।

‘कलेजको मुख्य उद्देश्य गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक ज्ञान प्रदान गर्नु हो । विद्यार्थीले आफ्नो रुचिको क्षेत्र छनोट गरी रोजगार प्राप्त गर्न आवश्यक ज्ञान र सीप प्राप्त गरिरहेका हुन्छन्,’ पाण्डेले भने, ‘अनुसन्धानमा आधारित वैज्ञानिक शिक्षाको माध्यमबाट विद्यार्थीलाई कलेजले प्रोत्साहित गरिरहेको छ ।’

प्लस टु मा कलेजले राष्ट्रिय परीक्षा बोर्डबाट मान्यता प्राप्त विजनेश म्यानेजमेन्ट सम्वन्धी कोर्स सञ्चालन गरिरहेको छ । ब्याचलरमा बिबिए, बिबिएस, बिबिएम, बिसिए र मास्टर्समा एमबिएसका कोर्ष सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले बिबिएसको कोर्ष सन् १९९८ बाट सञ्चालन गरिरहेको छ । सन् २००३ बाट कलेजले बिबिएको कोर्स सञ्चालन गरिरहेको छ । एमबिएसको पढाइ पनि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भइरहेको छ ।

उत्कृष्ट कम्प्युटर ल्याब, लाइब्रेरी, क्याफे, लगायतका सुविधा कलेजमा छन् । एभरेष्ट कलेजमा अनुभवी तथा दक्ष प्राध्यापकद्वारा अध्यापन गराइन्छ । ‘इन्टर्नसीपको लागि धेरै राम्रा गन्तव्यमा कलेजले विद्यार्थीलाई पठाउँछ, जसका कारण व्यावसायिक अनुभव र व्यावसायिक नेटवर्क बनाउन विद्यार्थीलाई सहज हुन्छ,’ पाण्डेले भने । व्यवस्थापन शिक्षाका क्षेत्रमा कलेजले उत्कृष्ट इतिहास रचेको उनको भनाइ छ ।

विद्यार्थीको आवश्यकता हेरी कलेजले छात्रवृत्तिको व्यवस्था पनि गरिरहेको छ । कलेजले व्यवस्थापकीय उत्कृष्टताको लागि सफल जनशक्ति उत्पादन गरिरहेको छ । वर्तमान विश्व परिवेशको आवश्यकतालाई पूरा गर्ने तथा प्रतिश्पर्धात्मक बजारमा प्रतिश्पर्धा गर्नसक्ने क्षमता भएका दक्ष जनशक्ति कलेजले उत्पादन गरिरहेको छ ।

एभरेष्ट कलेजमा शिक्षा क्षेत्रमा समर्पित तथा अनुभवी व्यक्तिहरुको संलग्नता छ । सोही कारण यहाँको रिजल्ट पनि निकै राम्रो हुँदै आइरहेको छ । विद्यार्थीहरूको आवश्यकता महसुस गरी पठनपाठनको व्यवस्था गरिरहेको कलेजले गुणस्तरीय शिक्षामा फड्को मार्दै गइरहेको छ । ‘एभरेष्ट कलेजमा आबद्ध विद्यार्थीको सुन्दर जीवनको सुनिश्चितताको यात्रा तय गर्नु नै हाम्रो एक मात्र लक्ष्य तथा उद्देश्य हो,’ पाण्डेले भने, ‘यहाँबाट पासआउट भएका विद्यार्थीले धेरै राम्रो प्रगति गरेका छन् । देश तथा विदेशमा राम्रो अवसर पाएका छन् ।’ पर्याप्त भौतिक पूर्वाधार रहेको कलेजले क्वान्टिटी होइन, क्वालिटीको मान्यता अनुसार थोरै विद्यार्थीलाई राम्रो पढाउने लक्ष्य लिएको पाण्डे बताउँछन् ।

You might also like
Comments
Loading...