१० रुपैयाँले घट्यो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । निगमले बिहीबार एक सूचना जारी गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको जनाएको छ।

वृद्धि भएको मूल्यअनुसार अब पेट्रोल किन्दा प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्ने भएको छ । खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने हाललाई यथावत राखिएको छ ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०(१० रुपैयाँले घटाउने निर्णय गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । जसको विरोध यतिबेला सर्वसाधारणले गरिरहेका छन् ।

You might also like
Comments
Loading...