घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार?

काठमाडौं ।  नेपाली सुनचाँदी बजारमा साताको पहिलो दिन छापावाल सुनको मूल्य तोलामा ६ सयले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ९०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ४०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २७५ तोकिएको महासंले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५१ डलर आसपास कारोबार भइरहेको छ ।

You might also like
Comments
Loading...