सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा पछिल्लो समयमा सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।आज बजारमा सुनचाँदी दुुबैको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ ।

तोलामा ६सयले घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार १००मा कारोबार भएको थियो ।आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार तोकिएको महासंघले जनाएको छ । सोमबारतेजाबी सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदी तोलामा रु १५ रुपैयाँ घटेको छ । तोलामा १५ रुपैयाँ घटेसँगै आज चाँदी तोलाको १२७५ रुपैया तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १२९० रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...