सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बृद्धि भएको छ । शुक्रबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेसँगै छापावाला सुनको मूल्य ९७ हजार ८ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायीक महासंघले जानकारी दिएको छ ।

बिहीबार छापावाला सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३सय रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा रु १० रुपैया बढेको छ ।

तोलामा १० रुपैयाँ बढेसँगै बजारमा चाँदीको मूल्य तोलाको १२७५ तोकिएको महासंघले जनाएको छ । हिजो चाँदीको तोलाको १२६५ रुपैयामा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...