३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । बजारमा आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज तोलामा ३ सय रुपैयाँले घटेसँगै छापावाला सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायीक महासंघले जानकारी दिएको छ ।

शुुक्रबार छापावाला सुन ९७ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९७ हजार रुपैयामा कायम रहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा रु १० रुपैया घटेको छ । तोलामा १० रुपैयाँ बढेसँगै बजारमा चाँदीको मूल्य तोलाको १२६५ तोकिएको महासंघले जनाएको छ । शुुत्रबारचाँदीको तोलाको १२७५ रुपैयामा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...