
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार सुनको मूूल्य तोलामा ४ सयले घटेको छ । तोलामा ४ सयले घटेसँगै आज छापावाल सुन तोलाको ९७ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
मंगलबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
हिजो तेजाबी सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार थियो ।त्यस्तै, आज चाँदी तोलाका १० रुपैयाँले घटेको छ । तोलामा १० रुपैयाँ घटेसँगै बुधबार चाँदी तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।