ताेलामा १ हजारले बढ्याे सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।सोमबार ३ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य मंगलबार पुनः तोलामा १ हजार रुपैयाँले बढेको छ । साेमबार १ हजार रूपैया बढेपछि सुनकाे मूल्यले नयाँ रेकड कायम गरेकाे हाे ।

तोलामा १ हजार रुपैयाँले बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ रुपैयाँ कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी महासंले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भई करोबार भइरहेको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेको छ । तोलामा १५ रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको १ हजार ३ सय ८० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो ।

 

You might also like
Comments
Loading...