पोखरा ग्रीन टाउनको आयोजनामा महिलाको पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण शिविर

पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन टाउन र नेपाल अर्बुद रोग निवारण संघ पोखराको आयोजनामा महिलाहरुको लागि पाठेघरको मुखको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिका १ मा आयोजित उक्त कार्यक्रममा १३८ जना महिला लाभान्वित भएको लायन्स क्लब अफ पोखरा ग्रीन टाउनकी अध्यक्ष बिन्दा रायमाझीले जानकारी दिइन् ।

निःशुल्क स्वास्थ्य परीक्षणसहित आवश्यक औषधी क्लबले निःशुल्क वितरण गरेको छ । प्रजातन्त्र दिवसको दिन आयोजित कार्यक्रमलाई अन्नपूर्ण गाउँपालिका वडा नं. १ ले समन्वय गरेको हो । प्रदेश सांसद गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा महिला रोग विशेषज्ञ डा. चण्डिका पण्डित लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

कार्यक्रममा प्रदेश सांसद देबका पहारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, उपाध्यक्ष चन्द्र अधिकारी, वडा नं. १ का वडा अध्यक्ष तुलसीप्रसाद अधिकारी, विद्यालय ःव्यवस्थापन समितिका अध्यक्ष अनन्त सुवेदी, प्राध्यापक फणिन्द्र सुवेदी, लायन्सका रिजन चियरपर्सन मैना अर्याल लगायतको उपस्थिति थियो ।

क्लबका अध्यक्ष विन्दा रायमाझीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

You might also like
Comments
Loading...