फिसर रोग के हो? यस्ता छन् उपचार तथा रोकथाम

काठमाडौं । पछिल्लो समयमा मानिसहरुको दिनचर्या एकदमै व्यस्थ हुँदै गइरहेको छ । जसको कारण मानिसहरु अनेक प्रकारको रोगबाट संक्रमित बन्ने गरेका छन् ।

आधुनिकतासँगै मानिसको खानपानमा पनि परिर्वतन आइरहेको छ । जसले गर्दा मानिसहरु अनेको रोगको सिकार बन्न पुगेका छन् । आज हामी तपाईलाई फिसर रोगबारे जानकरी दिन गइरहेका छौ ।

फिसर भन्नाले सामान्य भाषामा धाँजा फाट्ने वा चिरिने समस्यालाई भनिन्छ । यदि यो समस्या दिसागर्ने ठाउँको आसपासमा भएमा यसलाई फिसर इन एनो (Fissure in Ano) भनिन्छ । त्यसैले दिसाागर्ने ठाउँमा बन्ने घाउ जुन बढी पीडादायक हुन्छ त्यसलाई नै फिसर भनिन्छ ।

पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुनगई फिसर रोग लाग्दछ ।दिसा कब्जियत नै फिसरको प्रमुख कारण हो । लामो समयसम्म दिसा रोकेर बस्ने अनि एकैपटक साह्रो दिसा गर्नाले यो रोग लाग्छ । पानीको कमी, खानामा सागपातको कमी, धेरै मात्रामा माछामासु तथा गेडागुडी सेवन गर्नाले पनि दिसा कब्जियत हुन गई यो रोग लाग्छ ।

फिसर दुई प्रकारको हुने गर्छ ।

तीव्र प्रकारको – छालाको माथिल्लो सतहमा छेद या दरारलाई एक्युट फिसर भन्ने गरिन्छ । दीर्घकालिक – यदि छालाको सतहमा भएको छेद या दरार ठीक छैन भने त्यो समयको साथसाथ क्रोनिक फिसर विकसित हुन लाग्छ ।

यो  रोग लाग्दा के हुन्छ ?
यो रोग लागेपछि दिसा गर्ने ठाउँमा घाउ बन्दछ जसबाट रगत बग्ने समस्या हुन्छ र दिसा गर्दा अत्यधिक पीडा हुन्छ भने केही समयपछि घाउको नजिकबाट सानो मासु पलाउने पनि हुन जान्छ ।

बच्ने उपायहरु

यो रोगबाट बच्न दिसा कब्जियत हुन दिनुहुँदैन । जसका लागि-

-प्रशस्त मात्रामा पानी पिउने ।

– नियमित हल्का व्यायाम गर्ने ।
– हरियो सागपात तथा पहेँला फलफूल प्रशस्त मात्रामा खाने ।

रोग लागेमा के गर्ने ?

-हरियो सागपात बढी मात्रामा खाने, पानी प्रशस्त पिउने गर्नुपर्छ ।
-नरमखालका खानेकुरा खाने ।
– घाउ छिटो निको पार्नका लागि मलम लगाउने ।
– दिसा पातलो गर्नेखालका औषधि आवश्यकताअनुसार सेवन गर्ने ।
– यदि घाउनजिक मासु पलाएको छ भने त्यसलाई क्षारसूत्र विधिबाट हटाउन सकिन्छ ।
-दुखाइ भएमा दिसा गर्नुअघि वा गरिसकेपछि आवश्यकताअनुसार मनतातो पानीमा दिसा गर्ने ठाउँ डुबाएर बस्ने ।

साथै दिसा पातलो गर्ने खालको औषधि पनि आवश्यकता अनुसार सेवन गर्ने, घाउ छिटो निको पार्नको लागि मलहम लगाउने, तथा दुखाई भएमा दिसा गर्नु अघि वा गरिसकेपछि आवश्यकता अनुसार मनतातो पानीमा दिसागर्ने ठाउँ डुबाएर बस्ने । यदि घाउको नजिकमा मासु पलाएको छ भने त्यसलाई क्षार शूत्र विधिबाट हटाउन सकिन्छ ।

You might also like
Comments
Loading...