होटल दा फ्लेमिंगो बुटवलमा ‘काया वेलनेस स्पा’को सेवा सुरु

बुटवल । होटल दा फ्लेमिंगो बुटवलमा ‘काया वेलनेस स्पा’को सेवा सुरु भएको छ । होटलसँगको सहकार्यमा युवा व्यवसायी अशोककुमार राईले काया वेलनेस स्पा सञ्चालनमा ल्याएका हुन् । नयाँ वर्षको दिन वैशाख १ गतेबाट स्पा सञ्चालनमा आएको राईले जानकारी दिए ।

बुटवलको योगीकुटीमा रहेको होटल दा फ्लेमिंगो थ्रिस्टार होटल हो । होटलले फाइभ स्टार स्तरको सेवा प्रदान गर्दै आइरहेको छ । स्पामा पनि फाइभ स्टार स्तरको सेवा प्रदान हुुने राईले बताए । बिहान १० देखि साँझ ८ बजेसम्म स्पामा सेवा प्रदान हुनेछ ।

स्पामा ४ वटा थेरापी रुम छन् । स्टिम र साउनाको पनि सेवा लिन सकिन्छ । एयर कन्डिसन रुम छ । काया वेलनेस स्पाका सञ्चालक राई यस अगाडि सोल्टी होटलमा एक वर्ष स्पा थेरापिस्ट र हायात रिजेन्सी काठमाडौंमा १८ वर्ष काम गरिसकेका छन् । हायातमा १२ वर्षसम्म उनी स्पा म्यानेजर थिए । राईले होटल नेपाली रिकामा स्पा कन्सल्टेन्टको काम पनि गरिसकेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटलमा स्पा सेवा सुरु गरिएको राईले बताए । राईले काठमाडौंमा फुल लोटस हेयरिङ सेन्टर पनि सञ्चालन गरिरहेका छन् । ‘यहाँको स्पाबाट फेसियल, मेनिकेयर पेडीकेयरसहित स्पा र थोरापीका भेराइटीहरुबाट सेवा प्रदान गर्नेछौं,’ राईले भने ।

होटल बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको सञ्चालक दिलीप गौचनले बताए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् । होटलमा स्विमिङ पुल, जिम लगायतको सेवा उपलब्ध छन् । पर्याप्त पार्किङको सुविधा छ ।

You might also like
Comments
Loading...