इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउँदै

काठमाडौं । रुस-युक्रेन युद्धका कारण यतिबेला विश्वभर खाद्य तेलको अभाव बढेकोले खाने तेलको मूल्य अहिले विश्वभर बढी रहेको छ । सोही अवस्थामा इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि खुल्ने भएको छ ।

इन्डोनेसियाले पाम खेती र यसको उद्योगमा लागेका १ करोड ७० लाख मानिसलाई राहत दिलाउन प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

इन्डोनेसियाले देशको आन्तरिक माग धान्न तथा घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यातमा रोक लगाएको थियो ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गरेसँगै सोमबारदेखि पाम तेल निर्यातमा लगाइएको प्रतिबन्ध हट्ने भएको हो । इन्डोनेसिया विश्वकै ठूलो पाम तेल निर्यात गर्ने मुलुक हो ।

You might also like
Comments
Loading...